मुस्ताङको प्रदेशसभा ९२० मा कांग्रेसका शेरचन विजयी

काठमाडौँ । हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका विकल शेरचन विजयी बन्नुभएको छ । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गर्नुभएको हो ।

दुई हजार सात सय २३ मत सहित शेरचन विजयी बन्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गर्नुभएको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *