गुल्मी २ मा एमालेका विष्ट विजयी

काठमाडौँ । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी हुनु भएको छ । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी हुनुभएको हो । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गर्नु भएको छ ।

यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी हुनुभएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयो । उहाँको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

उहाँले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जित्नुभएको छ । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जित्नुभएको थियो । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय हुनुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *