रामसरोज यादव दोस्रोपटक निर्वाचित

काठमाडौँ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाउनुभएको छ । त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा. प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *