हिमालयन डिष्टिलरीले ७० प्रतिशत लाभांश दिने


काठमाडौं । हिमालयन डिष्टिलरी शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको संचालक समिती बैठकले यस्तो प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले यस वर्ष दिने भनेर प्रस्ताव गरेको लाभांश गत वर्षको भन्दा कम रहेको छ । कम्पनीले गत वर्ष लगानीकर्ताहरुलाइ चुक्ता पुँजीको ७५ प्रतिशत बोनस शेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *