एभरेष्ट बैंकको सर्लाहीमा शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंकले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज उक्त शाखाको विस्तार गरेको हो ।उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् . उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५० xhf/ को चेक समेत हस्तान्तरण गरेको छ । उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं= ६ का वडा अध्यक्ष लालबहादुर योञ्जन, हुलास u|’पका महाप्रबन्धक मोतीलाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।