ललितपुर महानगरले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता


ललितपुर । ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले शुरु गरेको महिला स्वयंसेविका अक्षयकोषलाई यस वर्षदेखि निरन्तरता दिने बताएका हुन् । उनले अक्षयकोषको निरन्तरता नभएको भन्दै अब भने बजेटको व्यवस्थापन गरेर निरन्तरता दिइने उनले बताए । आगामी वर्ष अक्षयकोषको प्रगति प्रतिवेदन सार्वजनिक गर्ने पनि उनको भनाइ छ ।
उनले भने, ‘यहाँ हामी जितेर आउनुभन्दा पहिला यहाँ महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषको व्यवस्थापन थियो । के कति कारणले हो त्यसको निरन्तरता भएन । अब हामीले यो वर्षदेखि महिला स्वास्थ्य स्वयमसेविका अक्षयकोषलाई हामीले निरन्तरता गर्छौं । त्यो बेला कति पैसाको व्यवस्थापन गरिएको छ, त्यो पैसा हामी अब उप्रान्त यो अक्षयकोषमा हामी व्यवस्थापन गर्छौ । अर्को वर्ष तपाईहरुले यसको रिपोर्ट पाउनुहुनेछ । ललितपुर महानगरपालिकाले १९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवस मनाएको छ । सो अवसरमा महानगरले स्वयंसेवकहरुलाई सम्मान तथा प्रोत्साहन समेत गरेको थियो । स्वयंसेवकहरुलाई सम्मान गर्दै प्रमुख महर्जनले कोभिड १९ महामारी र डेंगु संक्रमणको समयमा स्वयंसेविकाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गरे । निरन्तर रुपमा हुने खोप कार्यक्रम र भर्खरै सम्पन्न भएको निर्वाचनमा मतदाता शिक्षाको कार्यक्रममा पनि स्वयंसेविकाहरुको उल्लेख्य योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गरे । महानगरपालिका प्रमुख महर्जनले गत स्थानीय निर्वाचनमा आफूले जित्नुको मुख्य कारण नै स्वयंसेवकहरु भएको बताए । उनले स्वयंसेवकहरुले गरेको प्रभावकारी कामहरुका कारण नै आफूलाई मत दिएर जिताएको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *