मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ चयन
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ चयन भएका छन् ।
संघको १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ग्लोबल आईएमई क्यापिटलका पारसमणि ढकाल, महासचिवमा एनआईसी एसिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेस्टमेन्ट बैंकका मनीषनारायण जोशी चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा नागरिक लगानी कोषका नारायणप्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका नवीन बास्कोटा र मानार्थ सदस्यमा एनआईबीएल एस क्यापिटलका मेखबहादुर थापा चयन भएका छन् ।