क्रोसियासंग पराजित भएसंगै ब्राजिल विश्वकपबाट बाहिरीयो
काठमाडौं । कतारमा जारी विश्वकप ब्राजिल बाहिरिएको छ ।
क्रोएसियाविरुद्धको खेलमा ब्राजिल पराजित भएपछि बाहिरिएको हो । निर्धारित समयमा गोल नभएपछि अतिरिक्त समयमा पुगेको खेलको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा क्रोएसियाले गोल गर्दै टाईबेकरमा पुगेको थियो । दोहास्थित एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४– २ ले पराजित गरेको हो । यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।
५ पटकको विश्वकप विजेता ब्राजिल क्रोएसियासँग पहिलोपटक पराजित भएको हो ।