निर्णय पुनरवलोकन गर्न एमालेलाई आयोगको पत्र


काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो । पुनरवलोकनका लागि आयोगले पत्र पठाएको छ । दिउँसो ३ बजेसम्मको समय दिइएको छ । त्यसपछि मात्रै सांसदको सूची सार्वजनिक हुन्छ, आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले कानुनसम्मत निर्णय गरिएकाले सूची नसच्याउने भन्दै आयोगलाई जवाफी पत्र पठाएका थिए । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन गर्न भन्दै पत्र पठाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *