प्रभु बैंकले १२६ रुपैयाँमा ४० लाख कित्ता शेयर बेच्दै


काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० लाख कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले बिक्री गर्न लागेको उक्त शेयरको मूल्य प्रतिकित्ता न्युनतम १२६ रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त शेयरमा संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । बैंकको उक्त शेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *