झापाबाट उम्मेदवारी दिएकी निसा सबैभन्दा कान्छी सांसद बनिन्
काठमाडौँ । संघिय निर्वाचनमा राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी निशा डाँगी सबैभन्दा कम उमेरकी सांसद हुने भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी उनि २५ वर्षकी मात्र छिन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।
भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।