सनराइज बैंकका ग्राहकलाई विश्वज्योति हलमा दुई टिकट किन्दा एक निःशुल्क
काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेको छ । सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् । पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा समावेश हुनको लागि ग्राहकहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट । क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।