सभामुखका लागि तीन आकांक्षी, कसले मार्लान् बाजी ?
काठमाडौं । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै सत्ता गठवन्धनका दलहरु पद बाँडफाँडको जोड घटाउमा लागेका छन् । गठवन्धनले सत्ता गठवन्धनलाई नै निरन्तरता दिने निर्णय भए पनि प्रधानमन्त्री पदमा भने सहमति जुट्न सकेको छैन ।
तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्षका प्रचण्ड आफू पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् । उता कांग्रेस सभापति शेरबहादुर देउवा पनि पहिलो दल बनेको हिसाबले पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने दाउमा छन् ।
प्रधानमन्त्री संगै राष्ट्रपति र सभामुखलगायत कसले पाउने भन्ने चासो र चर्चा सुरु भएको छ । माओवादीले सभामुख पाउने सम्भावना रहेको नेताहरु बताउछन् । माओवादीले सभामुख पाएको खण्डमा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङबाट निर्वाचित सांसद रेखा शर्मालाई अघि सार्ने तयारी छ ।