आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

काठमाडौं । निर्वाचन आयोगले आइतबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसदलाई आयोगले प्रमाणपत्र प्रदान गर्न लागेको हो ।

दिउँसो साढे १ बजे लौनचौरस्थित आयोगको कार्यालयबाटै प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट सात, जसपा पाँच र जनमतका पाँच गरी ११० समानुपातिक सांसद् छन् ।

सहप्रवक्ता अर्यालका अनुसार सातवटै प्रदेशसभामा समानुपातिक प्रणालीबाट चुनिएका २२० सदस्यले पनि आइतबार प्रमाणपत्र पाउँदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *