महालक्ष्मी विकास बैंकको लाभांश घोषणा


काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बोनस शेयर र ६.४७ प्रतिशत अर्थात् २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारणसभाले पारि गरेपश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *