सामूहिक साकोसले रजतवर्षको अबसरमा स्मारिका विमोचन


काठमाण्डौ । सामूहिक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका विच रजतवर्ष–२०७९ को उपलक्ष्यमा रजतवर्ष स्मारिका विमोचन गरेको छ । त्यसैगरी संस्थाले सोही अबसर पारेर ज्येष्ठ सदस्य सम्मान, संस्थापक सदस्य सम्मान, सदस्य तथा सदस्यका एस.इ.इ. र १२ कक्षा उतिर्ण छोराछारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व र बागमती प्रदेश, प्रदेशसभा सदस्य माननीय सुरेन्द्रराज गोसाइँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं रजतवर्ष मूल समारोह उपसमितिका संयोजक राजाभाई भेलेले रजतवर्ष–२०७९ को संक्षिप्त जानकारी सहित उपस्थित सबैलाई स्वागत गरका थिए ।
प्रमुख अतिथि गोसाइँले सामूहिक साकोसले हालसम्म हाँसिल गरेका उपलब्धिका आधारमा सफलताको लामो यात्रा तय गर्नेमा आफु ढुक्क रहेको बताए । सहकारी वितिय क्षेत्रमा मात्र सिमित नभइ श्रम, संस्कृति र सहकार्यलाई पनि संगसंगै लिएर तल्लो तहका जनताहरुको आर्थिक उत्थानको लागि कार्य गर्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा ७१ जना संस्थापक सदस्य, २० जना ज्येष्ठ सदस्य, ३५ जना एस.इ.इ र ११ जना १०ं२ उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने ज्येष्ठ सदस्यहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सस्थाका सचिव कृष्णहरि सैंजुले संचालन गरेको उक्त कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक कृष्णश्वरी प्रजापति, संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, संस्थापक सदस्य तथा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा १ सय ५६ जना भन्दा बढि सदस्यको सहभागीता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *