आँधिखोला लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले आधारभुत सेयरधनी बाहेकका सेयरधनीको पुस ५ गतेदेखि लागु हुने गरी कम्पनीको सेयर फुकुवा गरेको हो । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौता भएपछि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको थियो ।