डा. ध्रुवचन्द्र गौतमलाई आविष्कारी आख्यानकार उपाधि

काठमाडौं । चर्चित आख्यानकार डा.ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । उनको ८०औं जन्मोत्सवको अवसर पारी काठमाडौंको कमलादीमा आयोजित समारोहमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो । समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरे । साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरिन् । ‘

सो अवसरमा डा. ध्रुवचन्द्र गौतमः आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको छ । पुस्तकको सम्पादन डा.खुमनारायण पौडेलले गरेका हुन् । सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । डा. गौत्तमले हालसम्म ३२ वटा उपन्यास लेखिसकेका छन् । सबै विधामा गरी उनको हालसम्म ५३ वटा कृति छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *