चमेली कल्याणकारीको आयोजनामा विस्तारित मञ्च


चमेली कल्याणकारी बचत तथा ऋण सहकारीले सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डु क्षेत्रका सदस्यहरूलाई समेटी विस्तारित मञ्च बैठक सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षतामा तथा सूनपा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। संस्थाले समय समयमा सदस्यहरूलाई संस्थाको गतिविधिको जानकारी गराउनु आवश्यक भएको अध्यक्ष घिमिरेको भनाइ थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेले स्वागत गरेका थिए भने व्यवस्थापक सुदर्शन चौलागाईंले संस्थाको गतिविधिको साथै संस्थाको सेवा सुविधाको वारेमा सहभागीहरुलाइ जानकारी गराएका थिए । उक्त कार्यक्रम संस्थाका सचिव दिपक कुमार न्यौपानेले संचालन गरेका थिए । त्यसैगरी साकोसको शिक्षा तालिम तथा सूचना उप समितिको आयोजनामा उप समितिहरूलाई लक्षित गरी अभिमुखकरण कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष उद्धव प्रसाद चौलागाईं र कानूनी सल्लाहकार विष्णुकाजी थापाले सहजीकरण गरेका थिए ।साथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं. ४ मा अवस्थित अन्तलिङ्गेश्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *