सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित


काठमाडौं । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स साफाको एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सम्मानित भएको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणप्रत्र ग्रहण गरेकी हुन् ।साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरुमा अवार्ड प्रदान गरेको थियो । दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरुलाई सो संस्थाको समितिले मूल्यांकन गरी अवार्डका लागि छनोट गर्ने गरेको हो । बैंकले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिइँदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *