राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्विरोध


काठमाडौ । राष्ट्रिय सहकारी बैंक अध्यक्षमा के.बी. उप्रेती निर्विरोध भएका छन् । पुस १६ गते हुने बैंकको निर्वाचन सहितको साधारणसभाको लागि उम्मेदवारी मनोनयको कार्यतालिका थियो । निर्धारित समयमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष उप्रेतीको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको हो । एक जनाको मात्रै उम्मेदवारी परेपछि आगामी ४ वर्षको लागि उप्रेती अध्यक्ष बन्ने निश्चित भएको छ । निर्वाचित भएको आधिकारिक रुपमा पुस १८ मात्र घोषणा हुने कार्यतालिका छ ।
त्यस्तै मधेस प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट रामबहादुर जिसि पनि निर्विरोध भएका छन् । अन्य सञ्चालक पदमा भने निर्वाचन हुने देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *