आइएमई पेबाट आई.एम.ई लाइफको बीमा प्रिमियम भुक्तानी क्यासब्याक
काठमाडौँ । आइएमई पे र आई. एम. ई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । सम्झौता अनुसार आई.एम.ई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार सम्म क्यासब्याक प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।
सम्झौता आदान प्रदान कार्यक्रममा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बीमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । सम्झौता पश्च्यात आई. एम. ई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आइएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजारको बोनश तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मिति भन्दा अघि वा तोकिएको मिति पछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनश प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।