सुनको एक हजार रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलमा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ८ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य एक लाख २ हजार ३ सय, तेजावी सुन एक लाख १ हजार ८ सय र चाँदी १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।