आजको फलफुल तथा तरकारीको मुल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार रातो आलु ३५ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १६० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ ।

यता, ब्रोकाउली ६० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ८० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ३० रुपैयाँ रहेको छ ।
यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

राजमा घिउ सिमी ९०, तिते करेला १०० रुपैयाँ, प्याज हरियो ६० रुपैयाँ, सुकेको प्याज ४४, भिण्डी १०० रूपैयाँ, लौका ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *