ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एकीकृत कारोबार


काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच काठमाडौंमा एक भब्य कार्यक्रमको आयोजना गरी दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार भएपछि ग्लोबल आईएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ । दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गरेका हुन् । बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा लगानी ३ खर्ब ७७ अर्ब, ग्राहक संख्या ४० लाखसहित देशको सबैभन्दा ठूलो बैंक बनेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा एकीकृत कारोबार सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए । उनले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्न जरुरी रहेको बताए । ‘यही आवश्यकता बुझेर नै पहिलो मन्त्रिपरिषदको बैठकबाटै अर्थतन्त्रलाई गतिशिल बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने निर्णय समेत गरेका छौं, यो मर्जर राष्ट्रको लागि महत्वपूर्ण कदम हो । प्रधानमन्त्री प्रचण्डले वित्तीय, मौद्रिक, पुँजीवजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्धर्न गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले ग्लोबल आइएमई बैंक देशको ठूलो बैंक बन्नुमा गर्वको विषय भएको बताए । यस्तै, कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उनले निजी क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताए । यस्तै, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वित्तिय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ्य प्रतिष्पर्धा समेत बढेकोले मर्जरमा जोड दिएको बताए । यसबाट बैंकिङ क्षेत्रमा उल्लेख सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागत समेत घटेको उनको भनाइ छ । कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरुले पूँजिगत खर्च बढनुपर्ने, मौद्रिक नीतिमा पुनरावलोकन हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रचण्ड नेतृत्वको सरकारको पहिलो निर्णयबाट निजी क्षेत्र उत्साहित बनेको बताए । ‘बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सवल हुनेछन्, सुशासन कायम हुनेछ, एक दशक अघि नै राष्ट्र बैंकले मर्जरको नीति लिएको थियो, २०७० को दशकमा वित्तीय क्षेत्र सुशासनको अभाव थियो, बैंक तथा वित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको हुँदा मर्जर तथा एक्विजिसनको नीति लिइएको थियो, २ सय ६८ को संख्यामा रहेका बैंकिङ संस्थाहरु अहिले ६७ वटामा झरेका छन्, यसमा राष्ट्र बैंक खुसी छ,’ उनले भने । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले आजका लागि बैंकिङ क्षेत्रका लागि ऐतिहासिक दिन भएको बताएका छन् । उनले ग्लोबल आइएमई र बिओके मर्जर पश्चात् ग्लोबल आइएमई बैंक नम्बर वान बनेको बताउँदै यो दिन सम्पूर्ण बैंकिङ क्षेत्रकै लागि ऐतिहासिक भएको धारणा राखे । ‘५ वाणिज्य बैंक, १० विकास र ६ वटा फाइनान्स कम्पनी गरि २१ वटा संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन पाँचको नितिमा गएको छ’, उनले भने, ‘हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ । उनले बैंकका सेयरधनी लगायत कर्मचारिको अथक प्रयासले मर्जर सफल भएको भन्दै बैंक अधिकांश सुचकमा नम्बर वान भएको बताए । मर्जर पश्चात १० प्रतिशत बजार हिस्सा ग्लोबल बैंकले ओगट्ने बताउँदै आकारमा मात्रै नभएर गुणस्तरीयतामा पनि रचनात्मक परिवर्तन ल्याउने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *