नेपाल एसबिआई बैंकको लाभांश पारित


काठमाडौं । नेपाल एसबिआई बैंकको २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश ३ प्रतिशत बोनश सेयर तथा ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाले बैंकको आ.व. २०७८।७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण असार मसान्त २०७९ को वासलात, आ।व। २०७८र७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ । सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश ३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आ.व. २०७८।७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । साधारणसभाले आ.व. २०७९।.८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्ने,गराउने सम्बन्धमा आवश्यक कामहरु गर्नरगराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *