महालक्ष्मी लाइफको थप तीन स्थानमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ थप ३ स्थानहरुमा संचालन भएको हो । कम्पनीले पुस २२ गते जीतपुर सिमरा नगरपालिकाको जीतपुरमा, पुस २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडा र तारकेश्वर नगरपालिका नेपालटारमा पनि पुस २३ गते कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रममा ३ सय ४५ जना महिलाले सहभागीता जनाएका थिए । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएको छ ।