युनाइटेड इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं । युनाइटेड इन्स्योरेन्सको २९ औं वार्षिक साधारणसभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । कम्पनीेको गत आ.व. २०७७।७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७।७८ को तुलनामा आ.व. २०७८।७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९.८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८।७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९।८० को पुस ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *