कुमारी बैकका ग्राहकले स्पार्क हेल्थहोमको उपचारमा सहुलियत
काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल मार्केटिंग प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरीशरण रिजालले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले स्पार्क हेल्थहोम प्राइभेट लिमिटेडबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आगामी दिनहरुमा पनि कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याईरहने जनाएको छ ।