नेपाल फाईनान्सको ३०औं साधारणसभा
काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ३०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयरधनीहरुको उल्लेखनीय सहभागीतामा संचालकहरु हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापती, विकेश शाक्य, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन र स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकार लगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा आज शनिबार सम्पन्न सम्पन्न भएको हो । साधारणसभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०७८।७९ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ।व। २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ । साधारणसभाले बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ । संस्थाका संचालक समिति अध्यक्ष हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हाल सम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए । सभाको संचालन कम्पनी सचिव बिष्णुप्रसाद गौतमले गरेका थिए ।
सभामा शेयरधनीहरुले विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यबाद दिँदै संस्थाले छोटो समयमा नै शाखा विस्तार, खराब कर्जा असूली र शाख सृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए । सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्तापुजीं पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारणसभामा शेयरधनीलाई थोरै भएपनि लाभांश वितरण गर्न सक्ने हुनको लागि संचालक तथा ब्यवस्थापनलाई सुझाव एवम् शुभकामना तथा शुभेच्छा समेत प्रदान गरेका थिए । सभामा शेयरधनीहरुले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति हिरेन्द्रमान प्रधान एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गरेका थिए ।