सुमेरु अस्पतालमा वर्षमान पुनको उपचार सुरु
काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु भएको पुनको पारिवारिक स्रोतको भनाई छ । जटिल प्रकारको वंशाणुगत जंडिस रोगबाट ग्रसित रहेका पुन गत मंसिरमा उपचारका लागि चीन गएका थिए । पूर्ण रुपमा रोग निको नहुँदै राजनीतिमा सक्रिय रहेका पुनलाई रोगले च्याप्दै लगेपछि रोल्पाबाट उपचारका लागि काठमाडौं ल्याइएको हो । नेता पुनलाई लागेको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ । यो रोगको उपचारका लागि विगतमा उनी थाइल्याण्ड र चीनका अस्पतालमा पुगेका थिए । गत निर्वाचनमा निरन्तर खटाइको धपेडीले रोगले च्याप्दै लगेपछि उनी चीनमा उपचारका लागि पुगेका थिए ।