पीड़ाकों लागि आवाजहरू छैनन् म लागौं कता !
(१) पोखराको आकाशमा उडेका कहालीलाग्दो पींड़ाहरू :
पोखराको आकाशका कहालीलाग्दो कोलाहलको सेतीं खोंचमा दवीएका पीँडाहरूकों लागि चौक–गल्ली–मेला पात– चिया,अखबार पशल सबैतिर अहिले पूरै बुझेर होस वा केही बुझेर होस सर्वसाधारणको मनमा सामान्य लाग्ने तर गहीरा थप पीँडाहरू उठेका छन । जस्तै : (क) सरकारले आन्तरिक उड़ान तर्फका सबै विमानको प्राविधिक परीक्षण गर्न दिएको निर्देशन सिर्फ नेपथ्यमा बिलाऊँने छ । नीकायकों आन्तरिक नियन्त्रण प्रणालीमा केही सुधार आउने वाला छैन,छानविन–जाँच बुझ आयोगको सिफारिश सुनेर राजनीतिले चासो लिएको छ र ? हिन्दुस्तानको जोशी मठको सम्बन्धमा आयोगको आवाजलाई सुनियों र ?
(ख)अब सार्वजनिक बिदा मात्र दिएर मात्र पुग्दैन–मुनाफाकों लागि भित्रिएका थोत्रा चिलगड़ीलाई पनि बिदा गरौँ ।
(ग)बैंक ऋण लिएको प्रक्रिया पनि जाँच गरौँ (घ)चिलगड़ीका मालिकहरूले पार्टीहरूलाई कति कति चन्दा दिएका छन त्यो पनि बुझौ । देखिने र नदेखीने मालिकहरु पनि छुट्याऔं ।
(ङ) नेपालमा चिलगड़ी सम्बन्धी नियामक कुन कुन सरकारी सार्वजनिक निकायहरू छन ? यस्तोमा उहाँ निकायहरूकों कुनै भूमिका हुँदैन कयारे ? ती नीकायकों प्रमुखमा नियुक्त हुन खाशखुशे बोल कवोल प्रथा थियो की थिएन–छ की छैन– हुन्छ की हुँदैन ? अव फेर्ने बेला भो भनेका पार्टपूर्जाहरु पछि फेर्दा पनि हुन्छ भनेर अनुगमन गर्ने निकायका पदाधिकारीसँग मुखामुख गरेर मन्ँद मुस्कान भएको छ की छैन ? सरकारका आवाजहरू औपचारिक मात्र हून । भाव भीना –बिनम्र–सादर एबं श्रद्धापूर्ण स्मरण–श्रद्धा सुमन र भावाञ्जली !
(२) खै प्रतिपक्षको आवाज ?
“अब झन आवाज बिहीनता हुदैछ हाम्रो देश
जनतन्त्रको कृष्ण पक्ष जस्तो देखियो कांग्रेस
बालसोनारोंझैँ संविधानको संयोग मिलाएको हो भने जाऔं ब्राजील देश
कति नौटङ्की गर्छौ कति बदल्छौ भेष …
बाहिर आवाज निस्कने गरी आज शरीर योग्य छैन, तथापी
आवाज दिनका लागि केही न केही लैपटपमा टाइप नगरी मन मान्दैन चैन …
आवाज विहीनताको लागि संबिधान बारे लेखें गन्थन औ कविता
तटस्थ बसेर बाँच्न नसकिने रे लागौं म राजनीतिक दलको कता ?”
(३) पीँडाहरुको आवाज :
दविएकाहरूकों–अन्यायमा परेका पीड़ाहरुको लागि उनीहरूको पक्षमा आवाजहरू छैनन्,आवाज उठाउनेहरू पनि नेपथ्यमा खासखुस गरेको हो की जस्तो भानमात्र हुन्छ । मालिकहरूकों भाषणमा हुई हुई सुई सुई गर्ने आवाजहरु होलान या सार्वजनिक जमीन ओगटेका थोरै वा शून्य सुकूम्बासी बाँकी सबै हुकूम्बासीहरुसँग दिउसै जाँड खाएर खुकुरी निकाल्ने आवाजहरू पनि होलान नभए सहकारी तथा बैंक डुबाउने झन ठूला ठूला स्वरभएका ठग आवाजहरु होलान ।
कर्पोरेट किशानको त विश्व बजार ओगटने आवाज होला ,बिचरा शितलहरमा कोदालोको पसिनाले कृषि ऋृणको तनावमा गर्मिएको शरिरको पींडाको आवाज सुनिदैन ।
जनस्वास्थ र पर्याबरणलाई अशर पार्नेगरी खोला,खहरे,नदी,खोल्सा ,बन जतासुकै प्लाष्टिक लगायत अन्य फोहरहरु जथाभावि नफालौं–प्रकृती र मानवको आदर गरौं भन्ने प्रकृतिका पींडाहरुलाई कशले सुन्ने ?
बिचार–सिद्धांत–मूल्य मान्यता स्खलित आवाजहरू त झन नहुने कुरै छैन । तर “ कति पींडाहरू छन, जसको लागि कुनै आवाजहरू छैनन्” (गीत चतुर्वेदी । आलाप में गिरह । भारत ) ।
( स्वतन्त्र लेखनमा संलग्न लेखक नेपाल बैंक तथा कृषि बिकाश बैंक र नेपाल सरकारका पूर्व कर्मचारी हुनु) ।
( बिम्ब,छविचित्र श्रेय : लेखकको लेखक स्वयंबाट र अरु निजसँग जोडि़एका सामाजिक सञ्जालबाट । मिति बि.सं.२०७९ पुष ३० गते मार्फत इन्टरनेट समय दिनको १.०७ र हवाई दुर्घटना राजधानी दैनिक मिति २०७९ माघ ०२ गते । ) ।