दुगड समुहको स्वस्तिक आयल सम्मानित


काठमाडौं । के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले कम्पनीलाई स–सम्मान प्रशंसा पत्र प्रदान गरेको थियो । स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो । यस कम्पनी विगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *