सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीको सेवामा छुट


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी बिच विशेष सम्झौता भएको छ । बैंक र हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *