हिमालयन बैंकले निःशुल्क आँखा शिविर र रक्तदान गर्‍यो


काठमाडौं । हिमालयन बैंक लिमिटेडले माछापुछ्रे गाउँपालिका–१ स्थित माछापुछ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डेसनको सहकार्यमा र बैंकको कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा वृहत रक्तदान कार्यक्रम सम्पन्न पनि गरेको छ । डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डेसनको सहकार्य तथा हिमालयन बैंकको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर भएको हो । उक्त तीन दिने शिविरमा माछापुछ्रे् गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परिक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराएर लाभ लिएका थिए । बैंकले कर्मचारी संगठनको समन्वयमा ७ माघमा कमलादीस्थित केन्द्रिय कार्यालयमा भएको रक्तदान कार्यक्रममा करिब १०० जनाले रक्तदान गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *