ग्लोबल आइएमईले माघ २९ गतेदेखि ५ अर्ब को ऋणपत्र निष्काशन गर्ने


काठमाडौं । ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधिको ११.२५ प्रतिशत ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४।८५’ जारी गर्न लागेको हो । ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन पाइने छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *