रास्वपाको निर्णायक बैठक बस्नुअघि प्रधानमन्त्रीसँग रविको भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेका रास्वपाका सभापति लामिछानेले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।
सरकारबाट बाहिरिने चेतावनी दिएपछि उसले सरकारमै रहने वा बाहिरिने भन्ने निर्णय गर्न सकेको छैन । सो निर्णयमा निर्णय गर्न रास्वपाको पदाधिकारी तथा केन्द्रीय समिति बैठक बस्दैछ ।
उक्त बैठक बस्नुअघि सभापति लामिछानेले बिहानै बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग लामिछानेले एक घण्टा छलफल गरेका छन् ।