सरकारबाट बाहिरिने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् । बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक-एक भोटको महत्व राख्ने बताए ।
बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।