रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

काठमाडौं । पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेका समर्थक विरोधमा उत्रिएका छन् । लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकहरु सांकेतिक विरोधमा उत्रिएका हुन् ।

सांकेतिक विरोधस्वरुप उनीहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू विरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए ।

लामिछानेले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा आफ्नो छवि बिगार्न लागेको आरोप लगाएको भोलिपल्टै युवाहरुले पत्रिका जलाएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *