रास्वपा सरकारबाट बाहिरिएपछि एमाले विचलित : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि सबैभन्दा बढी एमाले विचलित भएको बताएका छन् ।

सोमबार संसदीय दलको कार्यालय सिंहदरबामा पत्रकारहरूसँगको कुराकानीका क्रममा लेखकले रास्वपा सरकारबाट बाहिरिएपछि आफूहरूलाई कुनै असर नगरेको बरु एमाले सबैभन्दा बढी विचलित भएको बताएका हुन् ।

उनले भने, ‘उहाँहरू बाहरिएपछि हामी खुसी–दुखी केही छैनौँ । एमाले सबैभन्दा विचलित भएको छ ।’

लेखकले अहिलेको सत्ता गठबन्धनको सैद्धान्तिक धरातल कमजोर भएकाले समस्या देखिएको पनि बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *