प्रधानमन्त्री प्रचण्डले गगनसँग गरे पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेटन कांग्रेस महामन्त्री थापा बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे छलफल भएको स्रोतले बताएको छ। नेपाली कांग्रेसले समेत राष्ट्रपतिमा आफ्नो दावी गर्दै आएको छ । केहीबेरपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको संभावित उम्मेदवारको बारेमा छलफल हुने बताइएको छ ।

संयन्त्रको बैठकअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस महामन्त्री थापासँग छलफल गरेका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भे्टन बालकोट पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *