लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी भएको घनश्याम भुसालको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् । आज विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधनमा उनले यस्तो उल्लेख गरेका हुन् ।

देश बनाउनका लागि बनाउने पात्र चाहिने भएकाले लोकतन्त्रमा त्यस्तो देश बनाउने पात्र पार्टी मात्र हुने उनको भनाइ छ ।

पार्टीले ने हरेक पक्षलाई सकरात्क र अर्थपुर्ण बनाएर अगाडी बढाउँछ । अर्थतन्त्र बनाउँछ र यसरी त्यस्तो पार्टी र अर्थतन्त्रले सँगै देशलाई अघि लिएर जाने भएकाले देशमा पाट्रीको महत्व रहेको उनले बताए ।

देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको भुसालको बुुझाइ रहेको छ । देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएकाले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने उनले जिकिर गरे ।

“समानता, सुशासनको कुरामात्र गर्ने, विधिको शासनको कुरा मात्र गर्ने , त्यो विचौलिया पुँजीवाद रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *