सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ, दुई मन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज चालिसेले मुख्यमन्त्री शाहलाई शपथ गराएका हुन् ।

त्यस्तै मुख्यमन्त्री शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनले भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री देउवा र शाहीले मन्त्री पदको सपथ लिएका छन् । शाही बाजुराबाट एकीकृत समाजवादीका निर्वाचित प्रदेश सभा सदस्य हुन् । त्यस्तै मन्त्री बनेका कांग्रेसका देउवा कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *