एनआईसी एशियाको ‘भ्यालेनटाइन्स डे’ अफर


काठमाडौं । एनआईसी एशिया बैंकले ‘फेब्रुअरी १४’ अर्थात् ‘भ्यालेनटाइन्स डे’ को अवसरमा ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ । बैंकले एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर यो योजना ल्याएको हो । यो योजना २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ २०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३ सम्म सञ्चालन हुने छ । यसअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको क्युआर कोड तथा पीओएस मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैंकले यसरी कारोबार गर्नेमध्ये २० जना भाग्यशाली ग्राहकलाई भ्यालेनटाइन्स डेको दिन अर्थात् २०७९ फाल्गुन २ २०२३ फेब्रुअरी १४ मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ । काठमाडौं बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाइने बैंकले जनाएको छ । यस योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिइएको छैन । डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ल्याएको यस योजनाबाट ग्राहकलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *