उच्चस्तरीय संयन्त्रको बैठकमा जारी यादव, सीके राउत र रञ्जीता फेरि अनुपस्थित


काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका कोही पनि नेता बैठकमा सहभागी भएनन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ र जनमतका अध्यक्ष सीके राउत बैठकमा सहभागी नभएका हुन् । ती तीन दलका दोस्रो तहका नेता पनि बैठकमा सहभागी भएका छैनन् । गएको शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि उनीहरू अनुपस्थित थिए । बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन मात्र सहभागी छन् । यसले के सन्देश देलात ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *