६ महिनाका लागि जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल भलिबल संघ एनभीएका महासचिव रोशन श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी नेपाली राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएका हुन् ।

६ महिनाको लागि ‘बेल्जियमका जान डी ब्रान्ट नेपालको प्रशिक्षक नियुक्त भएका छन् । उनको कार्यकाल मार्चदेखि अगष्टसम्म हुने श्रेष्ठले जानकारी दिए ।

६ महिनाका लागि रास्टिय भलिबलको मुख्य प्रश्रिक्षक भएका जान डि ब्रान्डले नेपाल आएर नेपाली भलिबल खेलाडी महिला र पुरुष दुबैलाई प्रशिक्षक दिने भएका छन् महिला र पुरुष जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्ने श्रेष्ठले बताए ।

एसियन गेम्सको बेला जान पुनः फर्कने अर्का नयाँ प्रशिक्षक नेपाल आउने भएका छन् । ‘जान फर्केपछि हान अबिङ एसियन गेम्सको लागि आउनेछन् । हानले यसअघि पनि नेपाल आएर दुवै पटक काम गरिसकेका छन् । हानले एसियन गेम्सका बेला ४५ दिन टिम हेर्ने , संघका महासिचव श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *