सामूहिक साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न


सामूहिक साकोसको आयोजनामा आ.व. २०७९।०८० को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुर एफ.एम १०५.४ मेगाहर्र्जको वैठककक्षमा संस्थाका संचालक समिति, लेखा समिति, निवर्तमान अध्यक्ष, सल्लाहकार, विभिन्न उपसमिति सदस्यहरु र कर्मचारीहरु गरी जम्मा २७ जनाको सहभागीता रहेको कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाका सचिव कृष्णहरि सैँजुले कार्यक्रमको औचित्यमाथि प्रस्ट पार्नुभयो । कार्यक्रममा समता सदस्य सेवाकेन्द्र र बुद्ध सदस्य सेवाकेन्द्र प्रमुखहरू क्रमश सुशिला गोथे र रामेश्वरी शिल्पकारबाट आर्थिक प्रतिवेदन तथा सेवाकेन्द्रको अवस्थाको विषयमा प्रस्तुतीकरण गरेका थिए भने समग्र रुपमा संस्थाका निमित्त व्यवस्थापक अनिता दुवालवाट अर्धवार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । जम्मा ७१,०७,९७,५०१ रुपैयाँको कारोवार , ६७४० जना सदस्य संख्या पौष मसान्त सम्ममा जम्मा २,०६,४९२। नाफामा रहेको प्रतिवेदनले सामूहिक साकोसको कारोबार अझ बढाउनका लागि अहिले सहकारीप्रति जुन नकारात्मक समाचारहरु संप्रेशन भइरहेका छन् । कति सहकारीले बचत फिर्ता दिन नसकेर सहकारी नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ भने सामूहिकले बचत फिर्ताका लागि तरलता २० प्रतिशत भएकोले सदस्यहरु पनि सामूहिकप्रति सकारात्मक नै रहेको हुँदा सदस्यहरुले निर्धक्क भएर सामूहिकमा बचत गर्न सक्ने विश्वास लेखासुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठले बताउनुभयो ।
छलफलमा संस्थाका क्रममा निवर्तमान अध्यक्ष , सल्लाहकार लगायतका बक्ताहरुबाट आएका सुझाव तथा जिज्ञासाहरुमा सचिव कृष्णहरि सैँजुबाट विविध समस्या बाबुजुत पनि संस्थालाइ सुरक्षित र स्थायित्व कायम गरी उत्कृष्ट सहभागिता पुरस्कार २०७८, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८, जिल्लाको उत्कृष्ट सहकारी संस्था २०७८ र संस्थागत भवनको निर्माण सम्पन्न पनि प्राप्त भइसकेको जानकारी गराउँदै जिज्ञासाहरुमाथि जवाफदेहिता व्यक्त गरिएको थियो । साथै कोषाध्यक्ष अशोकरत्न शाक्यले भक्तपुर जिल्लामा २ वटा वडा बाहेक जिल्लाभर कार्यक्षेत्र भइरहेको र तरलता संकटको अवस्थामा पनि बचत फिर्तामात्र नभइ ऋण लगानी समेत गर्दै आइरहेको र पर्याप्त तरलता भएकोले सदस्यलाई निश्चिन्त रहन बताउनुभयो । कार्यक्रममा निवर्तमान व्यवस्थापक कविन्द्र धौवन्जारलाई सम्मान सहित विदाई गर्दै नयाँकार्यस्थलमा कार्य गरिरहँदा पनि सामूहिक साकोस आफ्नो दृष्टिमा पार्ने र सामूहिकको साखको मान राख्ने विश्वास व्यक्त गदैँ उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै अध्यक्ष राजोपाध्यायले चारै नगरपालिकामा सदस्यता विस्तार र निक्षेप संकलनका लागि अवको दिनमा गर्न सकिने सम्भावित योजनाहरुको बारेमा पनि प्रष्ट पार्नुभयो । कर्मचारी परिवारको तर्फबाट पनि भौतिकरुपमा संगै कार्य गर्दा धेरै कुराहरु सिक्ने र सिकाउने तथा रमाइलो वाताबरणका कार्य गरेको सम्झना सदा आइरहने हुँदा विदाइ भएपनि निरन्तर साथ, सहयोग र आत्मीयता बनिरहने विश्वास व्यक्त गर्दै निमित्त व्यवस्थापक अनिता दुवालबाट कर्मचारीको तर्फबाट निवर्तमान व्यवस्थापकलाई मायाको चिनो प्रदान गरिएको थियो । अर्धवार्षिक कार्यक्रममा आफूलाई पनि ससम्मान विदाइ गरेकोमा सामूहिक प्रति कृतज्ञता ज्ञापन गर्दै एक्सेस व्राण्ड पाएको सहकारी भन्दा सामूहिक धेरै राम्रो रहेको बताउँदै सामूहिकमा व्यवस्थापकको रुपमा विताएका चार वर्ष सुनौलो अवसरको रुपमा रहेको बताउनुभयो । अर्धवार्षिक समीक्षा कार्यक्रमको संचालन संस्थाका लेखा अधिकृत विन्द्रा नायभाले गरेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *