एमाले केन्द्रमा दुर्गा प्रसाईलाई कारवाही गर्न सिफारिस
काठमाडौं । नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ । शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको छ । प्रसाई एमाले केन्द्रीय सदस्य हुन् । उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ । प्रसाईले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए ।