चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । हाल भारतमा उपचाररत उनलाई दिँदै आएको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाएको कांग्रेस युवा नेता योगराज कँडेलले जानकारी दिए । भण्डारीको उपचारमा संलग्न चिकित्सक डा मुकेश मिस्रा आजबाट पाइप मार्फत खाना दिने बताएको पनि कँडेलले जानकारी दिए । भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ देखिएको बताइएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *