बिन्धबासिनी साकोस ३० औं वर्षमा,अब्बल संस्थाको रुपमा स्थापित
विन्धबासिनी बचत तथा ऋण सहकारी संस्था आजबाट २९ वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन ६ गते विधिवत रुपमा दर्ता भएको संस्था त्यस बेला काभ्रेपलाञ्चोकमा ३ वटा बैंकहरु कृषि विकास, नेपाल बैंक र वाणिज्य बैंक बाहेक अरु वित्तीय संस्था थिएन । ती बैंकको शाखा पनि बनेपा र धुलिखेलमा मात्रै थियो । तत्कालीन सञ्चालक समितिका संस्थापक अध्यक्ष भरत प्रसाद शर्मा लगायत ५ जना परिकल्पनाकारहरुबाट ग्रामीण क्षेत्रमा बचत गर्ने र सदस्यहरुमा बचतको बानी विकास गर्ने उद्देश्यले खोपासीमा २०५० साल कार्तिक २९ गते गुरागाईंहरुको कुलदेवताको पुजाको क्रममा एउटा वित्तीय संस्था खोलौं भनेर निर्णय गर्नुभयो । त्यही क्रममा सोही वर्षको पौष १२ गते संस्थाको नाम र विनियमलाई अन्तिम रुप दिइयो र फागुन ६ गते तत्कालीन जिल्ला सहकारी कार्यालय धुलिखेलमा बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था दर्ता गरियो । शुरुका दिनमा कच्ची घरमा सानो कोठाबाट एउट सुकुल र ट्याङ्काबाट संस्थाको वित्तीय कारोबार शुरुवात भएको थियो । तत्कालीन सञ्चालक समितिका सचिव स्व। दिवाकर गुरागाईले दैनिक रुपमा बिहान बेलुका संस्थामा बसेर बचत संकलन गर्ने, ऋण दिने र लेखा व्यवस्थापन गर्ने कार्य गर्नुहुन्थ्यो । साहुमहाजनबाट ऋण लिनुभन्दा सहकारीबाट ऋण लिँदा केहि सहुलियत देखिएपछि स्थानीय बासिन्दा शेयर सदस्यहरुले बैंकिङ्ग सेवाको पनि माग गर्नुभयो । बैंकमा खाता खोलेर चेक पठाएपछि अरुहरुले पनि चेक साटेर पैसा ल्याइदिन मिल्छ । तर त्यो बेला सहकारीमा भने बचत गर्न र ऋण लिन सदस्य स्वयं नै संस्थामा जानुपथ्र्यो । सदस्यको मागलाई ध्यानमा राखेर संस्थाले सीमित बैंकिङ कारोबार गर्ने निर्णय ग¥यो र सो को लागि नेपाल राष्ट्र बैंकबाट २०५२ साल असार ७ गते स्वीकृती प्राप्त गरी तत्कालीन गभर्नर सत्येन्द्र प्यारा श्रेष्ठबाट २०५२ साल कार्तिक ६ गते सीमित बैंकिङ्ग कारोबारको समुद्घाटन गरी सीमित कारोबारको स्वीकृति लिने बिन्धबासिनी चौंथो संस्था थियो । खोपासीमा खानेपानीको असाध्यै समस्या रहेकाले विन्धबासिनीले समुदायमा खानेपानीको व्यवस्थापना गर्न बिन्धवासिनी खानेपानी कार्यक्रम संचालन गर्न विभिन्न निकाय र समुदायसँग सहकार्य एवं समन्वय गरेर संस्थाले खानेपानीको व्यवस्थापन गर्ने र विभिन्न ठाउँमा धारा बनाउने काम गरियो जसको समुद्घाटन तत्कालीन सभामुख दमननाथ ढुंगानाले गर्नु भएको थियो । संस्थाले त्यसबेला ७३ वटा धारा बनाएको र अहिले पनि खोपासीमा बिन्धबासिनी धारा भनेर अझै पनि देख्न सकिन्छ ।
बिन्धबासिनीले सामाजिक कार्य र वित्तीय कारोबार दुवै गर्ने भएपछि संस्थाप्रति समुदायको चासो बढ्दै गयो । त्यो समयमा संस्थाको कार्यक्षेत्र खोपासी र चलाल गणेशस्थान गाविस मात्र थियो । नजिकको गाउँ र नगरपालिकाबाट पनि सदस्य बन्न माग आएपछि २०५३ सालमा संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर बनाइयो । शुरुमा संस्थाको नाम बिन्धबासिनी बचत कोष सहकारी संस्था थियो । नेपाल राष्ट्र बैंकबाट निरीक्षणमा आउँदा कोष भन्दा फरक अर्थ राख्छ भन्ने कुरा उठेपछि संस्थाको नाम संशोधन गरेर बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्था लि। बनाइएको हो । २०५३ सालमा संस्थाको कार्यक्षेत्र वृद्धि भएपछि सदस्यता पनि वृद्धि भएर ५०० को हाराहारीमा पुग्यो । धेरै संख्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ०५३ सालमा नै समुहको अवधारणामा अघि बढ्यौं । प्रत्येक सदस्यालई एउटा समुहमा राख्ने र १०–२५ जनाको समुह बनाउने प्रक्रिया अगाडि बढाइयो । समुहबाट संयोजक सचिव र कोषाध्यक्ष चयन गर्ने र ३ महिनामा भेला गराउने, त्यहीँ संस्थाको गतिविधि र नीति कार्यक्रमको बारेमा जानकारी दिने तथा सदस्यहरुको समस्या पनि त्यहीँ सुन्ने गरी समुह व्यवस्थापन गरियो । त्यो प्रक्रिया अहिलेपनि चलिराखेको छ । संस्थाले दिने सेवामा अहिले पनि समुहको सिफारिसमा प्रदान गर्ने व्यवस्था गरिएकोछ । संस्थाले दिने राहत होस् या ऋण लिन अनिवार्य रुपमा समुहको सिफारिस ल्याउनुपर्छ । त्यसैगरी सदस्यता छाड्नुपर्यो भने पनि समुहले सिफारिस गरेर पठाउनुपर्छ । सहकारी अभियानमा बिन्धबासिनीको फरकपन भनेको यहि हो ।
संस्थागत विकास
एशियाली ऋण महासंघ ९अक्क०ले संस्थागत विकास कार्यक्रम ९इण्डीकुवा० ल्याएको थियो । त्यो कार्यक्रममा नेपालका १५ वटा संस्थाहरु आवद्ध थिए । त्यसमध्येको बिन्धबासिनी पनि एउटा थियो । संस्थागत विकास र सदस्यको व्यवस्थापन कसरी गर्ने तथा सेवालाई कसरी व्यवस्थित गर्दै लैजाने तथा र पल्र्स रेसियोमार्फत वित्तीय अनुशासन पालन गर्नुपर्ने कुरा त्यही कार्यक्रमले सिकाएको हो । ०५५र५६ सालदेखि संस्थाले संस्थाले पल्र्सलाई पूर्ण रुपमा परिपालन गर्दै आएकोछ । संस्था स्थापना हुँदा ६६ जना पुरुष र ५६ जना महिला थिए । ०५५र५६ सालमा २१ प्रतिशत महिला र ७९ प्रतिशत पुरुषको सहभागिता संस्थामा रहेको देखियो । जनसंख्या अनुसारको सहभागिता गराउन सकिएन भने संस्था दिगो हुँदैन भन्ने कुरा आत्मसात गर्दै २०५८ सालमा महिलालाई संस्थामा सहभागि गराउन नयाँ कार्यक्रम ल्याइयो । शुरुमा विपन्न महिला विकास कार्यक्रम भनियो । संस्थामा महिला सदस्य बढाउन पुरुष सदस्य भए महिला सदस्य बनाउनुपर्ने निर्णय साधारणसभाबाट नै गरियो । त्यसैगरी महिलालाई १ हजार र पुरुषलाई २ हजारको शेयर खरिद गर्नुपर्ने व्यवस्था गरियो । त्यसो गर्दा पनि संस्थामा महिला सदस्य बढेनन् । त्यसपछि महिलाहरुलाई संस्थामा प्रवेश गराउने छुट्टै ढोका चाहिन्छ भनेर लघुवित्त कार्यक्रम शुरु भयो । स्थानीय तहमा नै गएर महिलाहरुलाई समुहमा आवद्ध गराउने र बचत संकलनदेखि सहुलियतको ऋण प्रदान गर्ने काम शुरु गरियो । यो कार्यक्रमलाई सफल बनाउन आरएमडिसीले सहयोग गर्यो। प्राविधिक सहयोग अन्तर्गत, समुह गठन र लघुवित्त कार्यक्रम सञ्चालनका लागि सिकाउन आरएमडिसीकै खर्चमा समुहमा आवद्ध महिला, सञ्चालक र कर्मचारीहरुलाई लहानमा रहेको स्वावलम्बन लघुवित्तको भ्रमण गरायो । त्यसपछि कार्यक्रमको मोडललाई परिमार्जन गरेर लघुवित्त कार्यक्रमको नामबाट अगाडि बढ्यो । अर्कोतर्फ आरएमडिसीले लघुवित्त कार्यक्रमका लागि १० लाख रुपैया २ प्रतिशत ब्याजमा उपलब्ध गराएको थियो । ०५८ सालमा एउटा सदस्यलाई ५ हजार ऋण दिइन्थ्यो । सदस्यलाई बचत ऋण मात्र होइन सदस्य सुरक्षण कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ भनेर संस्था लागि प¥यो । शुरुमा सदस्यको बीमा गर्ने कुरा गरेको र प्रिमियम तिर्न वार्षिक ५–६ लाख रुपैया लाग्ने देखियो । प्रिमियम तिरेर सदस्यले कति लाभ पाउन सक्छन् भन्ने कुरा यकिन भएन । ०५८ सालमा ५ लाख भनेको ठूलो रकम थियो । त्यसपछि संस्थाले सदस्यको नियमित बचतबाट केहि रकम कट्टा गर्ने र संस्थाले उति नै रकम थपिदिएर एउटा सदस्य हितकोष कार्यक्रम शुरु ग¥यो । यो कार्यक्रम असाध्यै प्रभावकारी भयो । नेपालका सबै सहकारीले बिन्धबासिनीबाट सिकेर यस्तो राहत कार्यक्रम शुरु गरेका हुन् । पछि सदस्य सुरक्षण कार्यक्रममा नयाँ कार्यक्रम थप गरी लघु जीवनबीमा शुरु गरियो । यो सहकारी क्षेत्रमा पहिलो कार्यक्रम थियो ।
सदस्यता एवं कुल कारोबार
६२ हजार पुँजीबाट संस्था शुरु गरिएको बिन्धवासिनी अहिलेसम्म संस्थामा ४८ हजार सदस्य र ९ हजार ५ सय बालबचतकर्ता छन् । करिब ५७ हजारलाई संस्थाले सेवा दिँदै आएको छ । संस्थाको ४६ करोड ४२ लाख शेयरपुँजी, जगेडा कोष ३१ करोड, अन्य कोषहरुमा १५ करोड रहेको छ । संस्थाको बचत ३ अर्ब ६ करोड पुगेको छ भने कुल वासलत ४ अर्ब ४५ करोड पुगेको छ । अहिलेको वित्तीय संकटको स्थितिमा श्रोत व्यवस्थापन गर्न संस्थाले बाह्य ऋण समेत लिएको छ । त्यसैगरी बैंक र केहि संघहरुमा ऋण स्वीकृत गराएको छ । त्यसैगरी साना किसान लघुवित्त वित्तीय संस्थाबाट पशुपालन र कृषिमा सहुलियत ऋण लिएर सदस्यमाझ ३५ देखि ९५ मा सहुलियत ऋण लगानी गर्दै आएकोछ ।
सदस्य सुविधा कार्यक्रम
संस्थाले बचत संकलन गर्ने र ऋण लगानी गर्ने मुख्य कार्य गर्दै आएको छ । बचत संकलन गर्दा सदस्यको आत्मनिर्भरतालाई ध्यान दिन्छौं । बिन्धबासिनीको सदस्य बनेपछि केहि काम गर्न ऋण खोज्ने होइन, बचतबाट आफ्नो घरव्यहार चलाउने, चाडपर्व मनाउने र छोराछोरीको विवाह, ब्रतबन्ध, स्वास्थ्य उपचार, छोरा छोरीको शिक्षा प्रदान गर्न सकुन् भन्ने संस्थाको उद्देश्य हो । त्यसैगरी संस्थाबाट ऋण लिएर रोजगारमूलक कार्य गर्न अभिप्रेरित गर्ने कुरालाई हामीले जोड दिएका छौं । तालिम, प्रशिक्षणमार्फत सदस्यहरुमा सीप विकास गर्दै आएका छौं । सहकारी शिक्षा कार्यक्रममार्फत सहकारी के हो भन्ने बुझाउँदै आएका छौं । संस्थामा कारोबार गर्दा बचत र ऋण सुरक्षित छ भन्ने कुरा बुझाउन सकिएन भने सदस्यले बचत गर्दैनन् । यसर्थ हामीले सीपमूलक तालिमसँगै वित्तीय साक्षरत सम्बन्धी प्रशिक्षणलाई विशेष जोड दिन्छौं । पहिला प्रशिक्षण नगरी हामी सदस्य बनाउँदैनौं । सहकारीको मुल्य, मान्यता र सिद्धान्तका साथै बिन्धबासिनीको समग्र अवस्थाको बारेमा बताएर मात्रै सदस्य बनाउँदै आएका छौं । सदस्य बनेको ३ महिना पछि पुनः सहकारी शिक्षा दिन्छौं । संस्थाले रेमिटान्सको कार्य पनि गर्दै आएको छ । ३६५ दिने र सन्ध्याकालिन सेवा पनि सदस्यलाई दिँदै आएका छौं ।
प्रविधिलाई आत्मसात
प्रविधिमैत्री सेवा दिने हाम्रो प्रयास छ । संस्थाले एटिएम र मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । मोबाइल एप्समार्फत युटिलिटी पेमेन्टका साथै बैंक तथा वित्तीय संस्थामा फण्ड ट्रान्सफर गर्न सकिन्छ । नेपालमा पहिलो पटक हामी र केही संस्थाहरुले सहकारी क्षेत्रमा एटिएम सञ्चालनमा ल्याएका हौं । अहिले बजारमा कलेक्सनमा जाँदा पासबुक भर्नु पर्दैन । ट्याब्लेट बैंकिङ मार्फत सिधै रकम इन्ट्री गर्ने सुविधा ल्याएका छौं । त्यस बाहेक हामीले क्यासलेस बैंकिङ क्यूआर पेमेन्ट सेवा पनि सञ्चालनमा ल्यएको छ ।
सदस्य सम्मान र पुरस्कार
संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र बढी शेयर खरिद गर्ने सदस्यलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । भाका ननघाइ ३ वर्षसम्म नियमित ऋण तिर्ने सदस्यलाई ग्रिन कार्ड९सहुलियत परिचय पत्र०को व्यवस्था गरेका छौं । त्यहि कार्ड देखाएर कतिपय सदस्यले अन्य बैंकबाट सहुलियत ऋण लिएका छन् । बालबचतकर्ता मध्ये निम्न आयवर्गका र दलित बालबालिकाहरुलाई संस्थाले छात्रवृत्ति प्रदान गर्दै आएको छ । लघुवित्त कार्यक्रमामा उत्कृष्ट समुहलाई पनि संस्थाले सम्मान गर्दै आएको छ । ७० वर्ष उमेर पुग्ने वित्तिकै ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम गर्नुका साथै बार्षिक रुपमा भत्ता समेत प्रदान गर्दै आएको छ । अर्कोतर्फ फरक क्षमता भएका व्यक्तिहरुलाई संस्थामा सदस्य बनेपछि उनीहरुको जीवनयापनलाई केहि मात्रामा भएपनि सहज बनाउन सहयोग गर्छौं । क र ख वर्गको अपाङ्ग परिचय पत्र प्राप्त शेयर सदस्यलाई वार्षिक रुपमा भत्ता दिँदै आएका छौं । बालबचतकर्ता माझ सहकारीसम्बन्धी कविता, निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता गर्नुका साथै युवाहरु बीच निबन्ध प्रतियोगिता गर्दै आएका छौं । विभिन्न स्कुल कलेजमा युवा लक्षित कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै आएका छौं ।
कृषि उत्पादनमा टेवा
कृषिको प्रवद्र्धनमा पनि हामीले सहयोग गरेका छौं । संस्थाको नयाँ भवनमा कोल्डस्टोर राख्ने कन्सेप्ट ल्याएका छौं र सटरहरुमा सदस्यले उत्पादन गरेको वस्तुहरुको ग्रेडिङ प्याकेजिङ र विक्री वितरणलाई सहजीकरण गर्ने उद्देश्य बनाएका छौं । कृषिमा ज्ञानमा आधारित किसान २ कार्यक्रम सुरु गरेर २ वर्ष ६ महिनामा सम्पन्न ग¥यौं । उक्त कार्यक्रममा ८० समुहका २००२ घरधूरीलाई सेवा दियौं । उनीहरुले व्यवसायिक खेती, तरकारीे खेती र पशुपालन गर्दै आएका छन् । त्यससँगै रोशी गाउँपालिकासँग सम्झौता गरेर हामीले ब्याज अनुदान दिने गरी कृषि कार्यक्रम गरेका छौं । एउटा कृषकलाई ६ लाख ५० हजारसम्म लगानी गर्छौं र उनीहरुले पशुपालन र कृषिकार्य गर्छन् । संस्थाले ११ प्रतिशतमा लगानी गर्ने, त्यसमा संस्थाले १५ र गाउँपालिकाले ५५ अनुदान दिने र ५५ मात्रै कृषकले तिरे पुग्छ । ४५ जनाले उक्त ऋण चुक्ता गर्न बाँकी छ भने थप २७ जनामा ऋण लगानी गर्ने तयारी छ । उक्त कार्यक्रममा संस्थाले ३ करोड भन्दा लगानी गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन
त्यसैगरी संस्थाले स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण, बृहत स्वास्थ्य परीक्षण, दन्त शिविर जस्ता कार्यक्रम गर्दै आएको छ । बेथानचोक गाउँपालिका, रेयुकाई आँखा अस्पताल र संस्थाबीच त्रिपक्षीय सम्झौता गरेर मोतिबिन्दु उन्मुलन कार्यक्रम सञ्चालन गरेका छौं । त्यसैगरी पनौती नगरपालिकासँग सम्झौता गरे बनेपादेखि पनौतिसम्म १६ वटा यात्रु प्रतिक्षालय बनाउनुका साथै बीचमा ग्रिनरी बनाउन विरुवा रोप्ने र सडक बत्तीको व्यवस्था गरेका छौं । यसमा ४०५ संस्थाको र ६०५ नगरपालिकाको लगानी रहेको छ । रगत अभावलाई न्युनिकरण गर्न समयसमयमा रक्तदान कार्यक्रम गर्नुका साथै, कोभिडको बेलामा सदस्यहरुलाई निःशुल्क अक्सिजनको व्यवस्था गरेका थियौं ।
सदस्यको जीवनस्तरमा परिवर्तन
हामीले सहज रुपमा सदस्यलाई ऋण सुविधा उपलब्ध गराउछौं । ऋण भनेको चाहिनेले लिने हो । अन्य लघुवित्त संस्थाले सदस्य भएपछि अनिवार्य ऋण लिन लगाउँछन् । हाम्रो अनिवार्य छैन तर बचत भने अनिवार्य गर्नैपर्छ । व्यवसाय गर्ने भए ऋण लिनुस् र ऋण लिएर दुरुपयोग नगर्नुस् भनेर हामीले सिकाउँछौं । लघुवित्तमा आवद्ध सदस्यमध्ये ३०–४० प्रतिशतले मात्रै ऋण लिएका छन् । ४८ हजार मध्ये करिब १२ हजार सदस्यले संस्थाबाट ऋण लिएका छन् । क्राइटेरिया पुगेका सदस्यले भनसुन बिना सहजै ऋण पाउँछन् । वर्तमान वित्तीय संकटको अवस्थामा पनि हामीले शैक्षिक, कृषि जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएका छौं । वित्तीय अवस्था धेरै चापिलो भएको बेला हामीले २५ लाखसम्म ऋण तुरुन्तै लिगानी गर्दै आएकोछ । क्रमशः तरलता वृद्धि हुँदै गएकाले ऋणको मात्रा बढाएर पूर्व सिमा अनुसार ऋण लगानी गर्ने योजना छ । संस्थामा २१५ तरलता रेहकोछ । संस्थाबाट ऋण लिएर धेरै सदस्यले जीवनस्तर बदलेका छन् । कतिपय कृषक सदस्यले बालबच्चाको फि तिर्न नसक्ने अवस्था रहेकोमा अहिले डाक्टर नर्स पढाउन सक्ने भएका छन् । पहिले खानाका लागि मात्रै कृषि गर्ने सदस्यहरुले अहिले व्यवसायिक तरकारीखेती, फुल खेती, र पशुपालन गरी व्यवसायिक रुपमा अगाडि बढेका छन् । किसान २ कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती देखि ठूलै फर्महरु सञ्चालन समेत गरेका छन् । संस्थाको सहयोगले सदस्यहरुको जीवनमा देखिनसक्ने परिवर्तन भएका छन् । संस्थामा बचतसम्म गर्न नसक्ने सदस्यहरु अहिले बचत वृद्धि गर्नुका साथै ऋणको समेत कारोबार गर्न सक्ने अवस्थामा पुगेका छन् ।
लघुवित्त कार्यक्रमको प्रभावकारिता
विगतमा लघुवित्त कार्यक्रम अत्यन्त प्रभावकारी थियो । त्यो बेला यति धेरै वित्तीय संस्थाहरु थिएनन् । साहुमहाजनको भर पर्नु पथ्र्यो । शुरुवातमा संस्थाबाट ५–१० हजार रुपैया ऋण लिएर धेरैले व्यवसाय गर्न थाले । लघुवित्तमा डुुब्लिकेशन हुनुहुँदैन भन्ने हाम्रो मान्यता थियो । अन्य लघुवित्त संस्थामा पनि आवद्ध भएकाहरु हामीकहाँ सदस्य बन्न पाईंदैन थियो । पछिल्लो समय मानिसहरु धेरै वटा संस्थामा आवद्ध हुन थाले र एउटा ठाउँबाट ऋण लिएर अर्को ठाउँमा तिर्ने चलन वृद्धि भयो । अहिले धेरै संस्थामा आवद्ध हुने र महिनाभरी मिटिङमा हिँड्ने अनि कमाई भन्दा खर्च बढी हुन थालेको छ । अन्य वित्तीय संस्थाले ऋण दिन छाडे । हामीले भने लगानी रोकेको छैन । हामीकहाँ लिने र अर्को ठाउँमा तिर्ने हो कि भन्ने डर बढेर गएको छ । त्यसैले हरेक महिना प्रत्येक कार्यालयका लघुवित्त विभागलाई सदस्यले ऋण लगे अनुसारको काम गरेको छ कि छैन भनेर हेर्न कर्मचारी खटाएका छौं । नयाँ सदस्य बन्न आउनेलाई सबै कुरा बुझाएर मात्र सदस्य बनाउँछौं । ४८ हजार मध्ये करिब १८ हजार महिलाले ऋण लिएर व्यवसाय गर्दै आएका छन् संस्थाको ९४० समुह रहेको र एउटा समुहमा १०–५० जना महिला आवद्ध छन् । भेगीय हिसाबले त्यसको प्रभावकारिता ग्रामीण क्षेत्रमा बढी रहेको छ ।
विकेन्द्रित सेवा
संस्थाले ०५५।०५६ सालसम्म खोपासी सेवा कार्यालयबाट मात्रै सेवा दिँदै आएको थियो । २०५४ सालमा पनौतीमा मकर मेला भएको थियो र त्यहाँ संस्थाले स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यो मेलाबाट बिन्धबासिनी साकोसको प्रचारप्रसार गर्ने उपयुक्त माध्यम बन्यो । सदस्यहरु बढ्दै गएको र ससानो बचत गर्न पनि टाढाटाढाबाट खोपासीसम्म पुग्नुपर्ने भयो । बनेपा धुलिखेलका सदस्यलाई बचत गर्न अप्ठ्यारो भएपछि संस्थाको सेवालाई स्थानीय क्षेत्रबाट नै दिनुपर्छ भनेर २०५७ सालमा संस्थाले सेवाकेन्द्रको अवधारणा ल्यायो । त्यो समयमा क्षेत्रीय अन्तरसमितिको अवधारणाको विकास गरी सम्पर्क कार्यालयको स्थापना गरी सेवा प्रदान गर्न थालियो । त्यही कुरा २०६८ सालमा सहकारी विभागबाट जारी गरिएको सहकारी मापदण्ड जारी गरी सहकारी क्षेत्रमा सेवाकेन्द्रको रुपमा विकसित भएको छ । संस्थाले ०५७।०५८ सालमा शुरु गरेको सो अवधारणा सहकारी मापदण्ड २०६८ मा नीति व्यवस्था भएर आउनु बिन्धवासिनीको गौरव मानेका छौं । २०५८ सालदेखि सदस्यलाई स्थानीय तहमा सेवा दिनुपर्छ भनेर ढुंखर्क, पनौती र जनागाल९बनेपा०मा सम्पर्क कार्यालय खोलियो । २०६० सालमा त्यसलाई स्तरोन्नति गरेर सम्पूर्ण सेवा दिन थालियो । सेवा केन्द्रको अवधारणाबाट सेवा दिन थाले पछि सदस्य बढ्दै गए । संस्थाले ल्याएका कार्यक्रमहरु प्रभावकारी हुँदै गए र अन्य संस्थाले पनि सिक्ने कुरा धेरै भए । संस्थाले सदस्यलाई सेवा दिन विभिन्न निकायसँग समन्वय गरे अगाडि बढेको छ । संस्थाले हाल कर्पोरेटसँगै १५ वटा कार्यालयमार्फत सदस्यलाई सेवा दिँदै आएको छ ।
भौतिक संरचना
खोपासीमा संस्थाको १० आना जग्गामा ३ तल्ले भवन छ । ढुंखर्कमा संस्थाले ९ आना घडेरीका लागि जग्गा खरिद गरेको छ भने पनौतीमा प्रेरणा नारीचेतना सिपमूलक सहकारी संस्था एकिकरण हुँदा उक्त संस्थाको नाममा रहेको ४ आनामा बनेको २ तल्ले भवन छ । बनेपामा रहेको ३०।५ आना जग्गामा संस्थाले ब्लक ‘ए’ मा मुख्य भवन बनाएको छ । अण्डरग्राउण्डमा पार्किङ र ६० टन अट्ने कोल्डस्टोर रहेको छ । पहिलो तलामा सदस्यहरुलाई आवश्यक पर्ने सम्पूर्ण वस्तुहरु उपलब्ध गराउन मिनी मार्ट सञ्चालन गर्ने, दोश्रो तलामा बनेपा सेवा कार्यालय र २ तल्ला कर्पोरेट कार्यालय सञ्चालन हुने छ । त्यसैगरी आवासीय ट्रेनिङ सेन्टरका लागि १२ वटा कोठा रहेका छन् । त्यहाँ २५–३० जनालाई आवासीय तालिम दिन सकिने टपमा सेमिनार हल बनाउने योजना संस्थाको छ । त्यसैगरी ब्लक बी को भुईंतल्लामा सदस्यले उत्पादन गरेको वस्तु संकलन, ग्रेडिङ्ग, प्याकेजिङ्ग तथा विक्री वितरण गर्ने र माथिल्लो तल्ला रेष्टुरेन्ट सञ्चलानको सोच बनाएका छौं । भवन निर्माणको कुल लागत करिब १० करोड रहेको छ । कोभिडका कारण कतिपय वस्तुको मुल्य बढेकाले लागत बढ्न गएको छ । २७ प्रतिशत विलोमा इ–बिडिङ्ग भएकाले कुल लागत भन्दा माथि भने जाँदैन । संस्थाको स्थायित्वको लागि यो कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ । संस्थागत पूँजीको ५० सम्म स्थिर सम्पत्तिमा लागनी गर्न पाइन्छ, सोही अुनसार हामीले लगानी गरेका हौं ।
संस्थागत सम्मान तथा पुरस्कार
२०६६ सालमा नेफ्स्कुनबाट नेपालकै उत्कृष्ट संस्थाको रुपमा पुरस्कार पाएका थियौं । २०६६ सालमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा लघुवित्तमार्फत ग्रामीण क्षेत्रका वित्तीय पहुँचभन्दा टाढा रहेका मानिसहरुलाई वित्तीय पहुँच पु¥याएबापत सन् २०१० मा ‘क्रेडिट युनियन माइक्रोफाइनान्स इनोभेसन अवार्ड’ प्राप्त गरेका छौं । यो अवार्ड नेपालमा पहिलो पटक हामीले पाएका हौं । मिक्स मार्केटमा डाटा सम्प्रेषण गरेर ‘फाइव स्टार’ पाएका थियौं । राष्ट्र बैंक र विश्व बैंकले निःशुल्क रुपमा संस्थाको रेटिङ गरेको थियो । त्यसकै आधारमा फाइव स्टार पाएका हौं ।
नेफस्कुनले सञ्चालन गरेको एशियाली ऋण महासंघको एक्सेस कार्यक्रममा २०६४ सालदेखि आवद्ध भएर सन् २०१२मा ब्रोन्ज र २०१६ देखि सिल्भर ब्राण्ड पायौं । यस आ।व।को असारभित्र एक्सेस ब्राण्डका लागि अडिट गर्ने योजनाका साथ अघि बढेकाछौं । राष्ट्रिय सहकारी बैंकले मध्यमाञ्चलको उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरिसकेको छ । नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार २०७० र २०७९ मा प्राप्त गरेका छौं । डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघले पनि उत्कृष्ट व्यवस्थापक पुरस्कार प्रदान गरेका छन् । कोभिडको बेला सदस्यहरुलाई निःशुल्क अक्सिजनको व्यवस्था गरेका वापत नेफ्स्कुनले हामीलाई उत्कृष्ट सामाजिक उत्तरदायित्व बहन सम्मानबाट पुरस्कृत गरेको थियो । २०७५ सालमा आन्तरिक राजश्व कार्यालय काभ्रेले सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा पुरस्कृत गरिसकेको छ । संस्थाका संस्थापक अध्यक्ष भरतप्रसाद शर्माले २०७४मा नेफस्कुनबाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान प्राप्त गर्नुभएको छ । २०७९ मा नेफ्स्कुनले देशभरकै उत्कृष्ट व्यवस्थापकको रुपमा संस्थाका प्रमुख कार्यकारी अधिकृत के बी लामालाई सम्मानित गरेको छ । यो सम्मान दोश्रोपटक हो ।
३ वर्षे रणनीतिक योजना
संस्थाले गत ३ वर्षे रणनीतिक योजना बनाइ आ व २०७९।८० बाट लागु गरेको छ । यो योजना २०८१।८२मा समाप्त हुन्छ । त्यस अवधिमा संस्थाको १ लाख ५ हजार सदस्य, १० अर्ब १२ करोडको वासलात पु¥याउने योजना छ । संस्थाले सोही अनुसारको योजना बनाइ कार्यान्वयनमा ल्याएको छ । तर अहिलेको वित्तीय संकटले लक्ष्य प्राप्तिमा चुनौति थपिने अनुमान गरिएको छ । लक्ष्य प्राप्तिका लागि योजना बनाएर हरेक कार्यालयलाई टार्गेट दिइएको छ ।